पेन्सन योजनामा सहभागी हुन संचय कोषको आग्रह, यस्ता छन् फाइदा र प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 09:06:32 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी संचय कोषले योगदानमुलक निब्रृतिभरण योअजनामा सहभागी हुन्  योग्य कर्मचारीहरुलाई आह्वान गरेको छ  । कोषले २०७६ साउन १ गतेदेखी निजामती सेवा, सैनिक सेवा, नेपाल प्रहरी सेवा, शशस्त्र प्रहरी बल र नेपाल विशेष सेवामा भर्ना भएका स्थायी कर्मचारीहरुलाई यस योजनामा सहभागी हुन् आह्वान गरेको हो ।

यस योजनामा सहभागी हुने कर्मचारीले मासिक तलबबाट ६ प्रतिशत कट्टा गरिने छ भने सोहि अनुपातमा नेपाल सरकारले योगदान गर्ने छ । प्रत्येक ३ बर्षमा निवृत्तिभरण रकम १० प्रतिशतका दरले बढीमा ५ पटक बढ्ने संचय कोषले जनाएको छ ।

त्यस्तै २० बर्षे सेवा अवधि पुरा नहुदै सेवामा नरहेमा कोषमा जम्म भएको रकम, ब्याज रकम, र मुनाफा रकम एकमुष्ट भुक्तानी पाउने छन् । २० बर्षे सेवा अवधि पुरा भएका कर्मचारीले व्यक्तिगत खातामा जम्मा भएको रकम निवृत्तिभरण कोष ऐन २०७५ अनुसार भुक्तानी हुने छ।






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved