५ किलोमिटर दुरीको सडक छिचोल्न हेलिकप्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 12:29:30 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक शीतलनिवासबाट हेलिकप्टर चढेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेकी छन् । यसअघि सधैँ सडक मार्ग हुँदै विमानस्थल जाने राष्ट्रपति भण्डारी म्यानमार जाने क्रममा बुधबार भने हेलिकप्टर चढेर विमानस्थल पुगेकी हुन् ।

राष्ट्रपति भण्डारी बिहान ११ बजे हेलिकोप्टरमार्फत विमानस्थलमा उत्रिएकी थिईन् । उनलाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्रीलगायतले बिदाइ गरे ।

सामाजिक सञ्जालमा उनको यो कदमको स्वागत गरिएको छ । सडकमा नागरिकलाई सास्ती दिएर सडक नै जाम गर्नुको सट्टा हेलिकप्टरमार्फत जानु राम्रो भएको सामाजिक सञ्जाल प्रयोगकर्ताको टिप्पणी छ। राष्ट्रपतिको सरकारी निवास शितलनिवासबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको दुरी ५ किलोमिटर छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved