१४० सैन्य टोलीको अभ्यासमा नेपाली सेना उत्कृष्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 02:24:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतमा सम्पन्न संयुक्त सैन्य अभ्यास ‘क्याब्रियन पट्रोल–२०१९’ मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ । प्रमुख सेनानी अशिम देव गुरुङ नेतृत्वमा असोज ६ गते गएको टोलीले स्वर्ण पदक पाएको हो ।

असोज २४ गतेबाट वेल्स, ब्रेकनमा भएको अभ्यासमा नेपालसहित ३४ देश र बेलायती फौजका १०६ गरी १४० सैन्य टोली सहभागी थिए । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार नेपाली टोलीमा विशेष फौज बाहिनी, श्री पशुपतिप्रसाद गण र गौरीबक्स गुल्मका सदस्यहरु सहभागी थिए । नेपाली सेनाले यो अभ्यासमा सन् २०१४ बाट भाग लिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved