नेकपा सांसद गुरुङ बिरुद्द पक्राउ पुर्जी जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 05:41:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङलाई पक्राउ गर्न पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले उनी बिरुद्द पक्राउ पुर्जी जारि गरेको हो । 

दोलखाका सांसद तथा नेकपाका केन्द्रीय सदस्य गुरुङलाई ज्यान मार्ने मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा पुर्जी जारी गरेको हो । 

सांसद गुरुङविरुद्ध वीरध्वज खड्काको जाहेरीले २०७६ को वैशाख २९ गते काडमाडौँ जिल्ला अदालतमा ज्यान मार्ने कसुरको मुद्दा दर्ता भएको थियो । १२ भदौ ०७६ मा काठमाडौँ जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई गुरुङलाई अदालतमा उपस्थित गराउन पत्र पठाएको थियो । सो मुद्दामा गुरुङसँगै दोलखाको गौरीशंकर गाउँपालिकाकै मिनबहादुर तामाङ, कसराङ भन्ने कर्ण तामाङ, उर्मिला थामी, जीवन तामाङ, सागर तामाङ, सविन तामाङलाई प्रतिवादी बनाइएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved