जनप्रतिनिधिले ज्यान मार्ने धम्कि दिएको भन्दै न्याय खोज्दै राजधानीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2019 | 06:42:35 PM मा प्रकाशित

laxmi  sunrise bank

रुकुममा जनप्रतिनिधिले अपमान गर्दै कुटेको र न्यायका लागि उजूरी गरेपछि मार्ने धम्की आएपछि एकजना दलित न्याय माग्न राजधानी आएका छन् ।  रुकुमको चौरजहारी नगरपालिका ३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले गोविन्द विकलाई जातीय गालीगलौज गर्दै कुटपिट गर्दा पनि न्याय नपाएको र उल्टै मार्ने धम्की आएको भन्दै राजधानी आएको बताए । 

पीडित गोविन्द विकले पत्रकार सम्मेनल गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । उनले भने, ‘मलाई ‘डुम ड्यांग्रा’ भन्दै कुटपिट गरेर उल्टै ज्यान मार्ने धम्की आएपछि न्यायका लागि राजधानी आएको हुँ । 

सामुदायिक वन दर्ता गर्ने विषयमा छलफल गर्न वडा कार्यालयमै बोलाएर वडाध्यक्षले कुटपिट गरेको सुनाए । उनले भने, ‘सामुदायिक वन जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा छलफल चल्दै थियो । मैले हामी पनि समितिमै बस्छु भनेपछि ‘डुम ड्यांग्रा’ भन्दै कुटपिट गरे’ । आफूमाथिको अन्याय अरुलाई नपरोस् भनेर दोषीमाथि कारबाही अनिवार्य भएको बताए ।  उनले भने,‘स्थानीय नेताहरुका सामु वडा कार्यालयभित्रबाट कुट्दै कुट्दै बाहिर ल्याएर जातीय गालीगलौज गरेपछि उजुरी गरेको हुँ ।’

प्रहरीमा उजुरी गरेपछि गाउँमै मिलापत्र गर्न दबाब बढेको र स्थानीय राजनीतिक दलका नेता र दलित अगुवाले समेत गाउँमै मिलापत्र गर्न दबाब दिएको विकले गुनासो पोखे । सामुदायिक वनलाई जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा विवाद रहेकाले वन दर्ताका लागि समिति बनाउनुपर्नेमा केही स्थानीयलाई जिल्ला वन कार्यालयले बोलाएर परामर्श गरेको खुलाए । उनले भने,‘यसमा म पनि सहभागी थिएँ ।’ 

कुटपिट गरेपछि वडाध्यक्ष बुढाथोकीले फोन गरेर धम्की दिइरहेका विकको भनाइ छ । प्रहरीमा उजुरी दिएपछि फेरि कुट्ने, मार्नेसम्मको धम्की आइरहेको सुनाए । गाउँका स्थानीय नेताले प्रहरीको साटो गाउँमै मिलापत्र गरी विवादलाई ढिसमिस गर्न दबाब दिएको खुलाए । तर अरुका अगाडि आफूमाथि जातीय विभेदका साथै कुटपिट भएकाले न्यायका लागि लड्ने विकले दृढता व्यक्त गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved