रवी लामिछानेलाई थुनामा राख्न सरकारी वकिलको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 01:08:28 PM मा प्रकाशित

laxmi  sunrise bank

आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्धा खेपिरहेका टेलिभिजन प्रस्तोता रवी लामिछाने बिरुद्धको मुद्धामा उच्च अदालत पाटनको हेटौंडा इजलासमा सुनुवाई थालिएको छ । सरकारी वकिलले रवीलाई थुनामा राख्न माग गर्दै बहसको सुरुवात गरेका छन् । रवीको पक्षबाट बहस गरिरहेका वकलिले भने रवीलाई विदेश जान लगाईएको रोक बदर गर्नुपर्ने र साधारण तारेखमा रिहा गर्न आदेश दिनुपर्ने माग गरेका छन् । 

जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले निवेदन दिएका थिए । उच्च अदालतका न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशमा सुनुवाई जारी छ ।

चितवन जिल्ला अदालतले रवीलाई अदालतको अनुमति विना बिदेश जान रोक लगाउदै ५ लाख धरौटीमा रिहा गरेको थियो । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नु अघि रविका कारण आफु आत्महत्या गर्न वाध्य भएको भन्दै बनाएको भिडियो सार्वजनिक भएपछि रवी अहिले आत्महत्या दुरुत्साहनको अभियोगमा मुद्धा खेपिरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved