शालिकराम मृत्यु प्रकरणः हेटौडा उच्च अदालतले दियो यस्तो आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2019 | 06:36:48 PM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा उच्च अदालत पाटनको हेटौँडा इजलासले चितवन जिल्ला अदालतको आदेश सदर गरेको छ । टेलिभिजन प्रस्तोता रवि लामिछाने पक्ष र सरकारी वकिलको बहसपछि उच्च अदालतले चितवन जिल्ला अदालतको आदेश सदर गरेको छ ।

उच्च अदालतले चितवन जिल्ला अदालतको अनुमतिमा मात्रै विदेश जान पाउने आदेश भने बदर गरेको छ । योबाहेक अन्य सबै आदेश सदर भएका छन् । 

चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलासमा लामिछानेले साधारण तारिखमा रिहा हुनुपर्ने मागसहित निवदेन दर्ता गरेका थिए । लामिछने, पत्रकार युवराज कँडेल र अस्स्मिता भन्ने रुकु कार्कीललाई पुर्पक्षका लागि थुनामा राख्न माग गर्दे सरकारी वकिलको कार्यालयले अदालतमा रिट दायर गरेको थियो । उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलाशले यस्तो फैसला गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved