भूकम्पपीडितले कात्तिक मसान्तसम्म किस्ता लिईसक्नु पर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 08:19:55 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले कात्तिक मसान्तभित्र निजी आवास पुनःनिर्माणका लागि दोस्रो किस्ता अनुदान लिइसक्न आग्रह गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज आयोजित कार्यक्रममा समयमा नै दोस्रो किस्ता लिएर घर पुनःनिर्माण गर्न भूकम्प पीडितलाई आग्रह गरेका हुन् ।

प्राधिकरणले २०७५ साल असार मसान्तभित्र पहिलो किस्ता लिएकालाई दोस्रो किस्ता लिने समय यही कात्तिक मसान्तसम्म तोकेको छ । सरकारले निजी आवास पुनःनिर्माणका लागि पहिलो किस्तामा रु ५० हजार, दोस्रोमा रु एक लाख ५० हजार र तेस्रो किस्तामा रु एक लाख अनुदान उपलब्ध गराउँदै आएको छ ।

निजी आवास पुनःनिर्माणका लागि सात लाख ७६ हजार ९१० लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । त्यसमध्ये सात लाख ६८ हजार ५४९ लाभग्राहीले पहिलो, छ लाख १२ हजार १०५ लाभग्राहीले दोस्रो र पाँच लाख सात हजार ४८ परिवारले तेस्रो किस्ता अनुदान लिइसकेका छन् ।

भूकम्पबाट क्षति भएकामध्ये चार लाख ६९ हजार २५९ घर पुनःनिर्माण भइसकेका छन् । एक लाख ९४ हजार ४५६ घर पुनःनिर्माणका क्रममा छन् । भूकम्प प्रभावित ३२ जिल्लामा ६० प्रतिशत घर पुनःनिर्माण सम्पन्न भए पनि ललितपुर जिल्लामा ३२ प्रतिशत लाभग्राहीले मात्र तेस्रो किस्ता लिएका छन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले शहरी क्षेत्रमा प्रत्येक घर पुनःनिर्माणमा ढिलाइ भएको कारण बुझ्न आवश्यक भएको भन्दै एक घर एक परियोजना बनाएर अघि बढ्न कर्मचारीलाई निर्देशन दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved