यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्य स्थिति जटिल बनेको छ । स्वास्थ्य जटिल बनेपछि उनलाई क्रिटिकल केयर युनिट (सिसियू)मा राखिएकाे छ।
संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि जबरजस्ति करणी प्रयासको आरोप लागेका महराको शुक्रबार रक्त्तचापसमेत बढेकाे छ। उनको उपचारसम्म संलग्न चिकित्सकका अनुसार उनलाई साविकको भन्दा औषधीसमेत थप गरिएको छ।
असोज १९ मा पक्राउ परेका महरा २३ असोजदेखि नर्भिक अस्पतालमा छन् ।