नेकपा सांसद पार्वत गुरुङ अदालत उपस्थित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 02:03:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेकपाका सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । दोलखाबाट निर्वाचित सांसद एवम् नेकपाका केन्द्रीय सदस्य समेत रहेका गुरुङ पक्राउ पूर्जी जारी भएपछि अदालतमा हाँजिर भएका हुन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनपछि गौशालामा एकजनामाथि गम्भीर घाइते हुने गरी भएको आक्रमणमा  गुरुङविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो । गुरुङमाथि लागेको अभियोगबारे अदालतमा आजै बयान हुने जनाईएको छ । अदालतले प्रहरीलाई गुरुङलाई पक्राउ गरी कात्तिक १४ गतेभित्र उपस्थित गराउन भनेको थियो । तर गुरुङ म्यादअगावै उपस्थित भएपछि अदालतको सात नम्बर इजलासमा आजै बयान हुने भएको छ । 

आरोप प्रमाणित भएमा गुरुङलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved