उजुरी परेपछि दुर्गेश थापालाई खोज्दै प्रहरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 03:46:44 PM मा प्रकाशित

laxmi  sunrise bank

गायक दुर्गेश थापाले गाएको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत विवादमा तानिएको छ । तिहारका लक्षित उनको यो गीतमा प्रयोग भएका शब्दका कारण दुर्गेश विवादमा तानिएका हुन् । ‘ह्याप्पी तिहार, चिसो वियर’, ‘ए निकाल गाँजा, खानुपर्छ आज’ लगायतका केही अंश निकै विवादित बनेका छन् ।  ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश त कानूनी रुपमै विवादमा तानिएको छ । 

गाँजा कानुनी रुपमै प्रतिबन्धित नशालु पदार्थ हो । तर त्यही गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । उजुरीपछि प्रशासनले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई थापालाई झिकाउन निर्देशन दिएको छ । थापाको खोजी भइरहेको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । 

गायक थापा तिनै व्यक्ति हुन्, जो तीजमा ‘हामी पनि नाच्नुपर्छ बिच्च बिच्चमा’ बोलको गीत गाएर चर्चित बनेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved