५ मिनेटमै काठमाडौँबाट चित्लाङ पुग्ने सुरुङ बनाउँछौ: प्रम ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 04:42:19 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट ५ मिनेट मै मकवानपुरको चित्लाङ पुग्ने गरि सुरुङमार्ग बनाउने उद्घोष गरेका छन् ।  नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको सोमबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले थानकोटबाट ५ मिनेटमा नै चित्लाङ पुगिने सुरुङमार्गको अध्ययन भईरहेको बताएका हुन् ।

हाल थानकोटबाट चित्लाङ पुग्न चन्द्रागिरीको डाँडा कटेर जानु पर्छ ।  पन्ध्र किलोमिटरको यस बाटोका लागि एक घण्टा समय लाग्ने गरेको छ। ओलीले चन्द्रागिरीमा सुरूङ बनेपछि  ५ मिनेटमा नै चित्लाङ पुगिने बताएका हुन् । यसको लागि अध्ययन भईरहेको उनले बताए ।

प्रधानमन्त्री ओलीले नुवाकोटको बेत्रावतीबाट रसुवाको स्याफ्रुबेंसीसम्म पनि सुरूङ मार्ग निर्माण हुने बताए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved