पशुपति आर्यघाटका कामदार आन्दोलनमा, शव दाह नगर्ने चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 10:10:09 AM मा प्रकाशित

laxmi  sunrise bank

पशुपति आर्यघाटका कामदारहरु आन्दोलनमा उत्रिएका छन् । आफूहरूका माग पूरा नभएसम्म पशुपतिमा दाहसंस्कार गर्ने काम बन्द गर्ने कामदारले चेतावनी दिएका छन् । 

घाट सेवा केन्द्रका सम्पूर्ण कामदारका नाममा एउटा ब्यानर सूचना जारी गर्दै उनीहरूले बुधबारदेखि शव दाह गर्ने, दाउरा बोक्ने र खाल्डो खन्ने काम बन्द गर्ने चेतावनी दिएका हुन् । 



एउटा शव जलाएबापत कामदारले १२ सय रुपैयाँ पाउँदै आएका छन् । उनीहरुले यसलाई २ हजार पुर्याउन माग गरेका छन् । यसवापत घाटमा १५ वर्ष काम गर्ने कामदारले २ लाख उपदान पाउदै आएका छन् । उनीहरुले यसलाई बढाएर १० लाख रुपैयाँ पुर्याउन माग गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved