होटल अन्नपूर्णका आधा दर्जन कर्मचारीमा डेंगु, सेवाग्राही कति सुरक्षित ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 23, 2019 | 11:44:06 AM मा प्रकाशित

laxmi  sunrise bank

होटल अन्नपूर्ण काठमाडौँमा कार्यरत कर्मचारीमा ‘डेंगु’ संक्रमण देखिएको छ । सुशिल दाहाल, सुनिल घोष तथा उद्व विष्टलाई देखिएको डेंगु अहिले अन्य कर्मचारीमा मसेत देखिएको छ । दाहाल, घोष र विष्ट निको भएपनि अहिले अन्य थप ४ जना कर्मचारीमा डेंगु देखिएको पाईएको छ । 

अन्नपूर्णका कर्मचारीहरु बेलकृष्ण श्रेष्ठ, परशुराम न्यौपाने, सचिना सुनुवार र लिला रानामा डेंगुको सक्रमण पाईएको हो । उनीहरु ब्लुक्रस हस्पिटलमा उपचाररत छन् ।

४ तारे होटलकै कर्मचारीमा डेंगु देखिएपछि त्यहाँ आएर बस्ने पर्यटक तथा अन्य पाहुनाको सुरक्षा कसरी भईरहेको भन्ने विषयमा प्रश्न उठ्न सुरु भएको छ । तर होटलले भने कर्मचारीसहित पाहुनाको सुरक्षामा कुनै कन्जुस्याईँ नगरिएको बताएको छ । होटलकी ‘प्रमुख कार्यकारी अधिकृत’ (सिइओ) दिपा गुरुङ केही कर्मचारीमा डेंगुको संक्रमण देखिएपनि यसलाई फैलिनबाट रोक्न र अन्य कर्मचारी तथा पहुनामा नलागोस् भन्नका लागि होटल सचेत रहेको बताउँछिन् ।

‘हामीसँग इन हाउस डक्टर छन्, यही उपचार हुन्छ’ उनले भनिन्, ‘हस्पिटलमा उपचाररत कर्मचारीको अवस्थाका विषयमा पनि हाम्रो ‘एचआर’को टिमले नियमित रुपमा बुझिरहेकै हुन्छ ।’ उनका अनुसार उपचार सकेर केही दिन घरमै आराम गर्नुपर्ने अवस्थाका कर्मचारीको पनि घरमै पुगेर होटलले हेरचाह गर्ने गरेको छ । आएका पर्यटकको सम्मान र सत्कारसँगै उनीहरुको सुरक्षामा होटलले कुनै कमी हुन नदिने उनले प्रतिवद्धता समेत जनाईन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved