घाटका कर्मचारीको आन्दोलन फीर्ता, जल्न थाले शव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 03:10:46 PM मा प्रकाशित

laxmi  sunrise bank

पशुपति आर्यघाटका कर्मचारीले आन्दोलन फीर्ता लिएका छन् । पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीचको वार्तामा घाटमा काम गर्ने कर्मचारीहरूको सेवा सुविधा बढाउने सहमतिपछि आन्दोलन फिर्ता भएको हो ।

घाटका कर्मचारीहरुले सेवा सुविधा बढाउनु पर्ने माग गर्दै बुधबार बिहानबाट शव दाह लगायतका सबै काम रोकेका थिए । कर्मचारीको आन्दोलनका कारण शव दाह नै रोकिने भएपछि क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीच वार्ता भएको थियो । 

अब घाट सेवाका र्मचारीले एउटा शव जलाएवापत १२ सय रुपैयाँ पाउँदै आएकोमा १५ सय पाउने भएका छन् । औषधी उपचार खर्च ५ हजारबाट बढाएर १५ हजार रुपैयाँ पुर्‍याईएको छ । यसका साथै अवकाश पाउँदा कर्मचारीले पाउने उपदान डेढ लाखबाट बढाएर ५ लाख पुर्‍याउने र २ लाख बराबरको दुर्घटना बीमा गर्ने सहमति भएको छ । सहमतिसँगै घाट सेवाका कर्मचारी शव दाह लगायतका काममा फर्किएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved