पाम आयलले बढायो नेपालको निर्यात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 07:09:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको बैदेशिक ब्यापारमा सुधारको संकेत देखिएको छ। बिगतका बर्षमा निरन्तर दोहोरो अंकले आयात बढ्ने गरेको भएपनि चालू आर्थिक बर्षको दोस्रो महिनामा आयात घटेको नेपाल राष्ट्र बैंकको प्रतिबेदनमा उल्लेख छ। 

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको भदौ मसान्तसम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिबेदनअनुसार आयत १.२ प्रतिशतले घटेको छ। यस अवधिमा २ खर्ब २९ अर्ब ५० करोड बराबरको बस्तु आयात गरेको छ। चाडपर्वको बेलामा समेत आयात घट्नुलाई सकारात्मक रुपमा लिन सकिन्छ। 

त्यस्तै यहि अवधिमा नेपालको निर्यात भने २५.९ प्रतिशतले बढेर १८ अर्ब ५० करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ८ प्रतिशतले मात्रै निर्यातमा वृद्धि भएको थियो। भारत सरकारले पाम आयलमा अन्तशुल्क लगाउँदा त्यसको फाइदा नेपालको निर्यातमा परेको देखिन्छ। २ महीनाको अवधिमा नेपालले पाम आयल मात्रै ३ अर्ब ६१ करोडको निर्यात गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved