बैतडीको डोजर 'आतंक' छानविन गर्न समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 09:27:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बैतडीको डोजर प्रकरण छानविन गर्न समिति गठन भएको छ । बैतडीको दशरथ चन्द–९ ग्वाल्लेकमा सोमबार एस्काभेटरको बकेटले महिलालाई हिर्काइएको विषयमा छानबिन गर्न जिल्ला प्रशासन कार्यालयले समिति गठन गरेको हो।

घटनाको वास्तविकता पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको संयोजकत्वमा समिति गठन गरेको हो ।  समितिमा प्रहरी निरीक्षक, नगरपालिका र पूर्वाधार कार्यालयका इन्जिनियर तथा एक जना अनुसन्धान गर्ने निकायका प्रतिनिधि सदस्य छन्। समितिलाई प्रतिवेदन पेस गर्न २ दिनको म्याद दिइएको छ ।

 ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गर्दा स्थानीय गौरा जोशी र सुरेशप्रसाद जोशी गम्भीर घाइते भएका हुन् । घाइतेमध्ये गौरा अचेत छिन् । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए । 

प्रहरीका अनुसार घटनामा अन्य ६ जना पनि सामान्य घाइते भएका छन् । स्थानीयवासी सुरेन्द्रप्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका छन् । 

यो पनि : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved