सरकारले भाईटिकाको भोलि पल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेवार समुदायको भाइटीका (किजा पूजा) को लागि सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
नेवार समुदायले त्यसदिन बिदा दिन अनुरोध गरेकोले सरकारले विदा दिएको हो । सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नं ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले प्रधानमन्त्री केपी ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेको थियो ।
नेवाः समुदायको परम्परा अनुसार नेपाल संवत्को नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने चलन छ । त्यो दिन नेवाः समुदायले दिनभरी धुमधामसँग नेपाल संवत् मनाउँछन् र बेलुका म्हपूजा गर्छन् ।
पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले यस अघि नै कात्तिक १०, ११ र १२ गते बिदा दिने निर्णय गरिसकेको छ । यस संगै तिहारमा शनिवार सहित लगातार ५ दिन विदा हुने भएको छ ।