प्रधानमन्त्री फर्किदा रनवेमा पुगेको जहाज रोकिएपछि यात्रुहरुको विरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 27, 2019 | 01:04:39 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानबाट फर्किदा उड्न ठिक्क परेको जहाज रोकिएपछि यात्रुले विरोध जनाएका छन् । प्रधानमन्त्री त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिंदा उडान बन्दको प्रभावमा परेपछि यात्रुले विरोध जनाएका हुन् ।

आइतबार प्रधानमन्त्री ओली काठमाडौं विमानस्थलमा ओर्लिंदा यात्रुहरु बोकेर रनवेतर्फ जाँदै गरेको जहाजको इन्जिन नै बन्द गर्न निर्देशन दिइएपछि आक्रोशित यात्रुहरुले ओर्लिएर विरोध जनाएका हुन् । स्थिति तनावमय हुने अवस्था आएपछि प्रहरी नै बोलाउनु परेको थियो । काठमाडौंबाट भद्रपुर उडान भर्न लागेको श्री एयरलाइन्सको एसएचए ९४१ कलसाइन विमानमा यात्रु बोकेर रनवेतर्फ जान लाग्दा विमानस्थल प्रशासनले इन्जिन नै बन्द गराएपछि यात्रुहरु आक्रोशित बनेका हुन् ।

विमानस्थल प्रशासनले भने घटना सामान्य भएको जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved