वार्षिक उत्सवको अवसरमा टेलिकमको अफरै अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2019 | 02:56:18 PM मा प्रकाशित

laxmi  sunrise bank

दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले १५ औँ बार्षिक उत्सवको अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले माघ २२ देखि फागुन २२ सम्म एनटी मोबाइल एप डाउनलोड तथा रजिष्ट्रेसनमा निशुल्क १० एमबी डाटा उपलब्ध गराउने जनाएको छ । जिएयसएम पोष्टपेड ग्राहकलाई ९०० रुपैयाँको प्याकेजमा प्रति महिना दुइ जीवि डाटा र ५०० रुपैयाँको निशुल्क रिसोर्स उपलब्ध गराउँदै आएकोमा अब प्रतिमहिना अल टाइम डाटा ३.३ जिबी  र ५०० रुपैयाँको रिसोर्स उपलब्ध हुनेछ ।

माघ २३ देखि फागुन ८ सम्म रजिष्ट्रर हुने नयाँ जिएसएम पोष्टपेड मोबाइल ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना अल टाइम डाटा एक जीबि र १०० मिनेट अल टाइम भ्वाइस बोनस उपलब्ध हुनेछ ।

माघ २२ देखि ९० दिनसम्म दैनिक, साप्ताहिक र मासिक चाइना कल प्याकेज अन्तर्गत क्रमशः ३५ रुपैयाँमा १० मिनेट, १५० रुपैयाँमा ४५ मिनेट र ५०० रुपैयाँमा १६५ मिनेट उपलब्ध हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved