पहिलो पटक अन्तरिक्षमा पुग्यो नेपालको आफ्नै स्याटेलाइट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 11:24:14 AM मा प्रकाशित

laxmi  sunrise bank

पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण गरिएको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले नेपालको भू–उपग्रह प्रक्षेपण गरिएको पुष्टि गरेको छ । 

नेपालले पहिलो पटक ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो । जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको टोलीले भूउपग्रह निर्माण गरेको हो । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २ बजेर ३५ मिनेटमा भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।

‘नेपाली स्याट–१’ नाम दिइएको उक्त भूउपग्रहलाई अन्तरिक्षमा पठाइनुलाई सफलताको रुपमा हेरिएको छ । बर्डस् (३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देश (नेपाल, जापान र श्रीलंका)का स्याटेलाइट अन्तरिक्षमा पठाइएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved