
एनआईसी एशिया क्यापिटलले बिक्रिमा ल्याउन लागेको दोस्रो सामुहिक लगानी कोष 'एनआइसी एशिया ब्यालेन्स फण्ड' ले लगानीकर्तालाई आकर्षक प्रतिफल दिने प्रतिबद्दता व्यक्त गरेको छ।
योजनाबारे जानकारी दिने उदेश्यले आयोजित पत्रकार सम्मेलनमा बोल्दै योजना ब्यवस्थापक कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले कोषबाट लगानीकर्तालाई पहिलो बर्ष नै ९ प्रतिशतसम्म लाभांश वितरण गरिने बताए। १० बर्षे क्लोज इन्डको ब्यालेन्स फन्डबाट इकाईधनीले औषतमा १८.७६ र कुल १८६.७१ प्रतिशत लाभांश पाउने सीईओ रायमाझीले बताए। 'बचत मात्र हैन लगानी पनि हो' भन्ने मुल नाराका साथ ब्यालेन्स फण्ड संचालनमा ल्याइएको उनले बताए।
साउन ८ देखि बिक्रिमा आउँन लागेको ब्यालेन्स फन्डको प्रति इकाई १० रुपैयाँ रहेको छ। साढे १२ करोड इकाइको ब्यालेन्स फण्डमध्ये लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम १ करोड ७५ लाखकित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। कुल निष्काशन इकाई मध्ये १५ प्रतिशत इकाई कोष प्रवर्दक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटललाई छुट्याइएको छ। यस हिसाबमा १० करोड ६२ लाख ५० हजार इकाई सर्वसाधारणको लागि छुट्याईने छ।
लगानीकर्ताले इकाइमा धितोपत्र बोर्डबाट आश्वा लिएको सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको साथै मेरो शेयरबाट समेत साउन ८ देखि १२ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै इकाई खरिदको लागि आवेदन नपरेमा लगानीकर्ताले भदौ ५ गतेसम्म आवेदन गर्न सक्ने जनाइएको छ। योजनालाई केयर रेटिङ्ग नेपालले कम जोखिम जनाउने केयर एनपि ए ग्रेडिङ्ग प्रदान गरेको छ।
इकाई बाँडफाँड पश्चात शेयर बजारमा सूचीकृत भएपछि अन्य शेयर सरह नै दोस्रो बजारबाट खरिद तथा बिक्री गर्न सकिनेछ। एनआईसी एशिया क्यापिटलको पहिलो योजना एनआईसी एशिया ग्रोथ फण्ड हाल दोस्रो बजारमा सञ्चालनमा छ।