
साविकको जनता बैंकको सहायक कम्पनीको रुपमा रहेको जनता क्यापिटल खारेज हुने भएको छ । जनता बैंक र ग्लोबल आईएमई बैंक मर्ज भई जनता बैंकको अस्तिव समाप्त भएपछि क्यापिटल खारेज हुने भएको हो ।
क्यापिटलले कम्पनी खारेजीको प्रक्रिया अगाडी बढाउँन जेठ ११ गते आइतबार विशेष साधारण सभा आह्वान गरेको छ । कमलादी स्थित ग्लोबल आईएमई बैंकको सभाहलमा हुने विशेष साधारणसभामा क्यापिटललाई खारेज गर्ने प्रस्ताव पेश हुन् लागेको हो । सभाले कम्पनी खारेजी प्रयोजनको लागि लिक्विडेटर तथा लेखा परिक्षक तोकी उनीहरुको पारिश्रमिक निर्धारण गर्ने छ । त्यस्तै सभाले नियमनकारी निकायबाट प्राप्त हुने निर्देशन कार्यन्वयन गर्ने अख्तियारी सन्चलक समितिलाई दिने छ ।
हाल ग्लोबल आईएमई बैंकको सहायक कम्पनीको रुपमा ग्लोबल आईएमई क्यापिटलले कार्य गरिरहेको छ ।