बाह्य क्षेत्रमा परेको दबाबले पूँजीबजारमा पनि नकारात्मक असर गरेको छ - अध्यक्ष गोल्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2022 | 10:36:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पूँजीबजार अर्थतन्त्रको ऐना भएको टिप्पणी गरेका छन् ।

महासंघले शुक्रवार आयोजना गरेको परिपक्क पूँजीबजार सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष गोल्छाले अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको प्रभावले पूँजीबजारसमेत प्रभावित भएको बताएका हुन् ।

उनले ५१ लाख भन्दा बढी डिम्याट खाता रहेको भन्दै यसले पूँजीबजारमा मानिसको आकर्षण बढिरहेको बताए । 'ब्याजदर महँगो भएका कारण पूँजीबजारमा समेत नकारात्मक असर परेको छ,' अध्यक्ष गोल्छाले भने, 'सेयर बजारमा विदेशी लगानी भित्र्याउन छिटै अध्ययन हुनुपर्छ ।'

अनलाइन कारोबारलाई थप व्यवस्थित गर्नुपर्ने र ब्रोकर कम्पनी थपे समस्या समाधानका लागि केही पहल हुनसक्ने बताए ।

गोल्छाले पूँजी बजार व्यवस्थापनका लागि नेपाल उद्योग वाणिज्य महासंघले दस्तावेज ल्याउन लागेको समेत खुलासा गरे ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved