त्रिशुली बस दुर्घटनाका घाइते काठमाडौँ र भरतपुरमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 29, 2017 | 01:58:38 PM मा प्रकाशित

laxmi  sunrise bank

३ चुम्लिङटारमा आज बिहान ९ः१५ बजे दुर्घटना हुँदा मृत्यु भएकामा चार पुरुष र दुई महिला छन् । घाइतेको संख्या २१ पुगेको छ । प्रजिअका अनुसार घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि काठमाडाँैं र अन्यलाई भरतपुरतर्फ ल्याउँदै गरिएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार लु २ ख २९१ नंको उक्त बस काठमाडौँंतर्फ जाँदै गरेको ना ६ ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको हो । 

बस पानीमा डुबेका कारण थप क्षति हुन सक्ने अनुमान प्रहरीले गरेको छ । अहिले उद्धार जारी छ । काठमाडौँंबाट अर्घाखाँची जान आउँदै गरेको बस सडकबाट एक सय मि तल नदीमा पुगेको हो । दुर्घटनास्थल मुग्लिनबाट १३ किमी काठमाडौँतर्फ पर्छ । सो बस काठमाडौँबाट बिहान ५ः४० बजे हिँडेको प्रहरीले जनाएको छ । 

सो बसले बिहान बालाजुबाट २६ यात्रुको चलानी लिएर आएको थियो । त्रिशूलीमा खसेको बसको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरिरहेका छन् । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved