गम्भीर रोग लागेकालाई सञ्चय कोषको 'स्वास्थ्य सहयोग योजना’

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 16, 2018 | 07:34:44 AM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारी सञ्चय कोषले गम्भीर रोग लागेका सञ्चयकर्तालाई ‘सञ्चयकर्ता स्वास्थ्य सहयोग योजना’ लागू गर्ने भएको छ । कोषबाट खर्च गर्ने गरी मतिष्काघात, अर्बुद रोग, मिर्गाैला डाइलासिस तथा प्रत्यारोपण, मुटुको शल्यक्रिया, हेपाटाइसिस, एचआइभी एड्स आदि रोग लागेका सञ्चयकर्तालाई सुविधा दिन लागिएको हो । कोषमा आज आयोजित पत्रकार सम्मेलनमा कावा प्रमुख प्रशासक दीपक रौनियारले भन्नुभयो, “सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी र व्यवस्थित बनाउन हामीले नयाँ कार्यक्रम ल्याउन लागेका हौँ ।” त्यस्तो सुविधामा के–कति रकम उपलब्ध गराइने भन्ने विषयमा केही समयभित्रै आवश्यक निर्णय गरिने कोषले जनाएको छ ।

कोषले काजकिरिया खर्चवापत रु ३० हजार, दुर्घटना क्षतिपूर्ति रु एक लाख २५ हजार, औषधोपचार सुविधामा रु २५ हजारदेखि रु ५० हजारसम्म र सुत्केरी तथा शिशु स्याहार खर्च रु सात हजार ५०० दुई पटकसम्म दिँदै आएको छ । कोषको नाफा रकमबाट सञ्चयकर्तालाई सामाजिक सुरक्षा प्रदान गरिएको र त्यसलाई थप वृद्धि गर्दै लैजाने योजनामा आफूहरु रहेको रौनियारले जानकारी दिनुभयो ।

सञ्चयकर्ता कल्याणकारी कोषमा आर्थिक वर्ष २०७३७४ मा रु २० करोड ८३ लाख अर्थात् खुद मुनाफाको ११ प्रतिशत रकम सञ्चयकर्ता कल्याणकारी कोषमा जम्मा गरिएको थियो । यस्तै आव २०७२/७३ मा रु १५ करोड ९९ लाख जम्मा भएको थियो । सोही कोष सामाजिक सुरक्षाका कार्यक्रममा खर्च गरिएको छ । कोषले आव २०७३/७४ मा रु एक अर्ब ८९ करोड तथा आव २०७२/७३ मा रु एक अर्ब ५८ करोड मुनाफा गरेको थियो ।

एसएमएस लागू गरिँदै 

कोषमा आबद्ध सञ्चयकर्ताको सञ्चय कोष तथा सापटीसम्बन्धी कारोवारको सूचनामा मोबाइल फोनमा एसएमएसमार्फत जानकारी दिने प्रणाली शुरु गर्न लागेको छ । त्यस्तो प्रणाली आगामी वैशाख १ गतेदेखि लागू हुनेछ । कारोवार हुँदाकै बखत जानकारी गराउने उद्देश्यले उक्त प्रणाली लागू गर्न लागिएको हो । रमेश लम्शाल-रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved