स्कुल र कलेजको पाठ्यक्रममा पुंजीबजारको बिषय समेट्न पहल सुरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 05, 2018 | 04:54:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी विषयवस्तु माध्यमिक तथा विश्वविद्यालयस्तरको पाठयक्रममा समावेश गर्न पहल थालेको छ । बोर्डले आफ्नो नीति तथा कार्यक्रममा पाठ्यक्रममा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी विषयवस्तुहरु समावेश गराउन आवश्यक समन्वय गर्ने उल्लेख गरेको थियो  । सोहि अनुसार बोर्डले यसको लागि पहल थालेको हो । 

जस अन्तर्गत बोर्डले माध्यमिक विद्यालय र विश्वविद्यालयका विभिन्न स्नातक तथा स्नातकोत्तर स्तरका पाठ्यक्रमम यी बिषयलाई समबेस्ग गर्नको लागि आवश्यक कदम चाल्न  पाठयक्रम विकास केन्द्र, त्रिभुवन विश्वविद्यालय अन्र्तगत रहेका मानविकी तथा समाजशास्त्र संकाय, व्यवस्थापन संकाय, कानून संकायका डीनको कार्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्य पश्चिमाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका साथै लोक सेवा आयोग, अनामनगरलाई अनुरोध गरेको हो  । बोर्डले  पाठयक्रमहरुको तयारी तथा थप सुधार कार्य गर्दा पुंजीबजार सम्बन्धि बिषय समेट्न आवश्यक समन्वय तथा सहकार्यका लागि  अनुरोध गरेको हो  ।

पाठ्यक्रममा यी बिषय समेटिदा समसामयिक तथा व्यवहार उपयोगी हुने र यसबाट लगानीकर्ताको हित संरक्षण तथा सशक्तिकरणमा सहयोग पुग्ने बोर्डको बिश्वास छ । त्यस्तै यसले सीमित स्रोत साधनबाट समेत बचत गरी उत्पादनशील क्षेत्रमा लगानी परिचालन हुने वातावरण तयार भई देशको अर्थतन्त्रको विकास, विस्तार तथा वृद्धि हुनुका साथै वित्तीय साक्षरताको स्तर अभिवृद्धि भई धितोपत्र बजारको दिगो विकासमा सहयोग पुग्ने बोर्डको अपेक्षा रहेकोे छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved