सिद्धार्थ क्यापिटललाई धितोपत्र बोर्डले गरायो सचेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 02:48:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सिद्धार्थ क्यापिटललाई गल्ति नदोहोर्याउन सचेत गराएको छ । बोर्डले अबका दिनमा गल्ति नदोहोर्याउन, सचेत भई कार्य गर्न र सजग रहनको लागि क्यापिटललाई निर्देशन दिएको हो 

सिद्धार्थ क्यापिटल योजना ब्यबस्थापक रही संचालनमा आएको सिद्धार्थ इक्विटी ओरियन्टेड स्किम नामक म्युचल फण्डको रकम फिर्ता गर्दा क्यापिटलले लापरवाही गरेको गुनासो आएपछि बोर्डले क्यापिटललाई प्रष्टीकरण सोधेको थियो । जवाफमा क्यापिटलले आफ्नो तर्फबाट केहि मानवीय र प्राविधिक कमजोरी भई गल्ति भएको स्वीकार गरेको पत्र बोर्डमा पठाएको थियो । बोर्डका प्रबक्ता निरज गिरिले गल्ति भएको, गल्ति भएकोमा माफी मागिसकेको र गल्ति सच्चाईसकेको व्यहोराको पत्र क्यापिटलबाट आएको बताए 

क्यापिटलले नै गल्ति स्वीकार गरेर त्यसलाई सच्चाईसकेकोले उसलाई सचेत रहनको लागि निर्देशन दिइएको प्रबक्ता गिरिले बताए । उनले आगामी दिनमा गल्ति नदोहोर्याउन र सचेत रहनको लागि निर्देशन दिएको बताए ।  

सिद्धार्थ क्यापिटलले सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको रकम फिर्ता गर्दा केहि लगानीकर्ताको खातामा धेरै र केहीकोमा थोरै रकम पठाएको थियो । पछि क्यापिटलले धेरै रकम पठाईएको लगानीकर्ताको बैंकखाताबाट बढी भएको रकम फिर्ता समेत लगेको थियो । आफ्नो खाताको रकम बिना जानकारी झिकिएको प्रति लगानीकर्तालाई अशन्तुष्टी जनाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved