सिडिएसका सीईओ गुप्ताको कार्यकाल लम्बियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 11:43:37 AM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियारिंङ (सिडिएस) का प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताको कार्यकाल केहि समयको लम्बिने भएको छ । सिडीएस संचालक समितिको बैठकले नयाँ नियुक्ति नहुँदासम्म गुप्तालाई नै निरन्तरता दिने निर्णय गरेको हो ।

गुप्ताको ४ बर्षे कार्यालय यहि असोज ९ गते सकिदै छ । ९ गते कार्यकाल सकिए पनि नयाँ सीइओ नियुक्ति नहुँदा सम्म उनले नै दैनिक काम कारवाही संचालन गर्ने गरि निर्णय भएको स्रोतले जनाएको छ । स्रोतले भन्यो  'दैनिक काम कारवाहीमा असर नपरोस भनेर नयाँ नियुक्ति नहुँदासम्म उहाँलाई नै निरन्तरता दिने निर्णय भएको छ' । थपिएको अवधिमा उनले दैनिक रुपमा हुने नियमित कार्य मात्र गर्ने छन् ।

नयाँ सीइओ सिडीएसको बोर्डले नियुक्त गर्ने छ । सिडीएस  बोर्डको अध्यक्षमा नेपाल स्टक एक्सचेन्ज नेप्सेका सीइओ  चन्द्र सिंह साउद छन् । त्यस्तै अन्य संचालकमा नेप्से कै निरन्जन फुयाल, प्रविन पन्दाक, र मुराहरी पराजुली छन् । सविना पुजारी बोर्डको कम्पनी सचिवको रुपमा छिन् भने सिडीएस कै अध्यक्ष बोर्डको आमन्त्रित सदस्यको रुपमा रहने ब्यबस्था छ । सिडीएस नेप्सेको शत प्रतिशत स्वमित्व भएको कम्पनी हो ।

बोर्डको नयाँ अध्यक्ष नियुक्तिको लागि अर्थ मन्त्री अमेरिकाबाट फर्केपछि प्रक्रिया सुरु हुने भएको छ । हालका अध्यक्ष गुप्ताले दोस्रो कार्यकालको लागि जिम्मेवारी दिए आफु तयार भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved