लगानी कोषको स्टक डिलर कम्पनीले अफिस राख्ने ठाउँ भेटेन, फेरी सूचना आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 11:43:44 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषको नागरिक स्टक डिलर कम्पनीले कार्यालय प्रयोजनको लागि घर वा फ्ल्याट भाडामा लिने सूचना निकालेको छ  । कम्पनीले यस अघि चैत्र १० गते  यस्तै प्रकृतिको सूचना आह्वान गरेको थियो  । तर साढे २ महिनासम्म पनि उपयुक्त स्थान नपाएपछि कम्पनीले पुन सूचना निकालेको हो  ।

कम्पनीले नागरिक लगानी कोषको केन्द्रीय  कार्यालय,  नयाँ बानेश्वरबाट ५०० मिटरसम्मको क्षेत्रभित्र कार्यालय खोजेको हो । कम्पनीले उक्त स्थानमा रहेको घर वा फ्ल्याट भाडामा दिन इच्छुक भए ७ दिन भित्र समय अवधि, भाडा, विस्तृत विवरण खुलाई प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।  

नागरिक लगानी कोषले ५ अर्ब चुक्ता पुँजी भएको स्टक डिलर कम्पनी दर्ता गराएको हो ।  कम्पनीमा नागरिक लगानी कोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ भने नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को ९ प्रतिशत शेयर रहेको छ ।  कम्पनीमा सर्वसाधारण लगानीकर्ताको ३० प्रतिशत शेयर रहने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved