
प्रभु क्यापिटल Prabhu Capital ले चण्डिका आधारभूत विद्यालय पोखरालाई २ वटा कम्प्युटर सेट र कर्म फ्लाइट्स फाउण्डेसनलाई १० वटा कम्प्युटर सिपियु सहयोग गरेको छ । क्यापिटलले आइतबार पोखरामा एक कार्यक्रम गरी विद्यालय तथा फाउण्डेसनलाई सहयोग गरेको हो ।
कार्यक्रममा प्रभु क्यापिटलका रिसर्च हेड अविरल नेपालले यस सहयोगले दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरु माझ कम्प्युटरको प्राविधिक ज्ञान अभिवृद्धि गर्ने कार्यमा सहयोग पुग्ने बताए । क्यापिटलका लगानी हेड भवन कर्माचार्यले क्यापिटलले आफ्नो व्यवसायको सञ्चालनका साथै सामाजिक क्षेत्रमा पनि सक्दो योगदान गर्दै आएको र आगामी दिनहरुमा पनि आवश्यक क्षेत्रमा यस्तो कार्यलाई निरन्तरता दिई रहने बताए ।
प्रभु क्यापिटलले वितरण गरेको १० वटा सिपियुलाई कर्म फ्लाइट्स फाउण्डेसनले मनिटरको समेत व्यवस्था गरी ५ वटा बाग्लुङ्ग र ५ वटा गोरखाका विद्यालयहरुमा वितरण गर्ने फाउण्डेसनका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले जमनकारी दिए ।
क्यापिटलले दुर्गम क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई कम्प्युटर प्रविधिको सिकाई तथा अभ्यासमा सजिलो हुनुका साथै कम्प्युटर प्रविधिमा पहुँच विस्तार होस भन्ने उद्देश्य ले वितरण गरेको जनाएको छ ।