एनआईबीएल एस क्यापिटलद्वारा देवयानीका कर्मचारीलाई तालीम प्रदान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 15, 2021 | 01:29:39 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबीएल एस क्यापिटलले देवयानी इन्टरनेशनलका सबै शाखाका कर्मचारीलाई सचेतनामुलक कार्यक्रम र तालिम सञ्चालन गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको र एनआईबीएल म्युचुअल फण्डको कोष व्थवस्थापक र डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले देवयानी इन्टरनेशनलका सबै शाखाका कर्मचारीलाई यस कार्यक्रममा समेटेको छ । 

नेपालमा के.एफ.सी., पिजा हट र क्रिम बेल आइसक्रिम सञ्चालन गरिरहेको देवयानी इन्टरनेशनलले दरबारमार्ग, थापाथली(bluebird mall), लाबिम मल , ठिमि, बौद्द, महाराजगंज र पोखरामा रहेका आफ्ना शाखा मार्फत सेवा प्रवाह गरिरहेको छ । 

सामूहिक लगानी कोष नियमावली २०६७ को कार्यान्वयन पश्चात नेपालकै पहिलो खुलामुखी योजना तथा अन्य दुृृृृई बन्दमुखी योजना संचालन गरिरहेको यस क्यापिटल द्वारा सञ्चालित सो विशेष कार्यक्रम मार्फत उक्त कम्पनिका कर्मचारीहरुले सामूहिक लगानी कोष सम्बन्धि विस्तृत जानकारी पाउनुका साथै पूँजीबजार सँग सम्बन्धित अन्य विषयको समेत जानकारी प्राप्त गरेका छन् । 

यसका साथै एनआईबिएल एस क्यापिटल लिमिटेडले आगामि दिनहरुमा पनि यस्ता जनचेतनामुलक कार्यक्रमका साथै विभिन्न तालिमहरु संचालन गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved