एन्टी डोपिङ नियम नभए अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2020 | 08:25:41 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आफ्नो मातहतका २७ राष्ट्रिय खेलकुद सङ्घलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ । भिडियो कन्फरेन्समार्फत बुधबार सङ्घका पदाधिकारीसित भएको छलफलमा एनओसीले उक्त निर्देशन दिएको हो ।

सङ्घहरुलाई आगामी साउन मसान्तसम्म एन्टी डोपिङ नियम बनाएर प्रतिवेदन नेपाल एन्टी डोपिङमा बुझाउन एनओसीले निर्देशन दिएको छ । सन् २०२१ पछि एन्टी डोपिङ नियम नभएको सङ्घले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने नियम छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले उक्त नियमलाई सकारात्मक र गम्भीर रुपमा लिनुपर्ने बताए । एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले एन्टी डोपिङ नियम बनाउन सङ्घलाई सहयोग गर्ने बताए ।

छलफलमा एनओसीमा आबद्ध २७ खेलकुद सङ्घका पदाधिकारीको सहभागिता थियो । सो अवसरमा कमिटीका मेडिकल कमिसन प्रमुख सरोजकृष्ण श्रेष्ठले सङ्घका सबै अध्यक्ष र महासचिवलाई नयाँ नियमबारे जानकारी गराएका थिए । सन् २०२१ को विश्व एन्टी डोपिङ कोडको आर्टिकल १८ अनुसार सबै खेल सङ्घले आफ्नो एन्टी डोपिङ नियम बनाउनुपर्ने उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved