नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति राखेपको आगामी बोर्ड बैठकबाट तय हुने भएको छ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले कास्कीको पोखरामा सञ्चालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी राखेपको बोर्ड बैठकमा तय गरिने बताएका हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा बुधबार भएको खेल संघहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले यस्तो बताएका हुन् । यसका साथै उनले खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न नसक्ने बताए।
‘अन्तरक्रियामा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि सञ्चालन र सुचारु गर्ने सम्बन्धमा ३६ राष्ट्रिय संघबीच छलफल भएको थियो।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको बताए।