टि-२० बरियतामा सन्दिपले उछिने जडेजालाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 01:47:08 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि-२० बरियता अनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिएका छन् ।आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका हुन् ।

उनले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पारेका छन् । जडेजा ८१ औँ स्थानमा छन् । यसअघिको बरियतामा लामिछाने ८१औँ स्थानमा थिए ।

चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ बरियतामा लामिछानेभन्दा पछाडि छन् । नयाँ बरियातामा बे्रथवेट ८२औँ स्थानमा तथा स्टोक ८५औँ स्थानमा रहेका छन् । लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपीएल) पछि कुनै पनि प्रतियोगिता खेलेका छैनन् । इन्डियन प्रिमियर लिग ९आइपीएल० मा कुनै पनि खेल खेल्न नपाएका कारण लामिछानेको बरियतामा उल्लेख्य सुधार हुन नपाएको बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved