अर्जेन्टिनी सुपरस्टार मेस्सीले तोडे पेलेको कीर्तिमान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 09:10:38 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले एउटै क्लबका लागि सबैभन्दा धेरै गोल गर्ने ब्राजिलियन फुटबलका हस्ती पेलेको कीर्तिमान तोडेका छन् । स्पेनिस ला लिगामा मंगलबार राति भएको खेलामा रियल भालाडोलिडमाथिको ३–० को जित निकालेको बार्सिलोनाका लागि मेस्सीले १ गोल गरेपछि पेलेको नाममा रहेको कीर्तिमान आफ्नो नाममा सारेका हुन् । मेस्सीले बार्सिलोनाका लागि ६ सय ४४ गोल गरेका छन् ।

पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजन घरेलु क्लब सान्तोषका लागि खेल्दा ६ सय ४३ गोल गरेका थिए । सन् २००५ देखि १६ वर्षमा मेस्सीले पेलेले १९ वर्षमा बनाएको किर्तिमान तोडेका हुन् । मेस्सीको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यसम्म हो । बार्सिलोनाका लागि हालसम्म मेस्सीले १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि दिलाउन योगदान दिएका छन् । 

गए रातीको खेलमा जित निकालेपछि १४ खेलबाट २४ अंक जोडेको बार्सिलोना अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । मंगलबारकै अर्को खेलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले तेस्रो स्थानको रियल सोसिडाडलाई २–० ले पराजित गरेको छ । एट्लेटिकोले १३ खेलबाट ३२ र रियल मड्रिडले १४ खेलबाट २९ अंक जोडेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved