डीशहोमबाट प्रधानमन्त्री कप २०७७ क्रिकेटको प्रत्यक्ष प्रसारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 26, 2020 | 08:17:08 PM मा प्रकाशित

laxmi  sunrise bank

डीशहोमले प्रधानमन्त्री कप २०७७ क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने भएको छ। उक्त खेल प्रत्यक्ष प्रशारण गर्नलाई क्यान र डीशहोमबीच समझदारी भएको जनाईएको छ। 

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार क्रिकेट संघ द्वारा आयोजित सगरमाथा सिमेन्ट पीएम कप महिला टि२० २०७७ तथा पीएम कप पुरुष एक दिवसीय २०७७ प्रत्यक्ष प्रशारण गर्नलाई समझदारी भएको हो। 

प्रतियोगिता यहि डिसेम्बर २६ देखी दाङ, लमहीमा संचालन हुनेछ।  महिला तर्फको क्रिकेटमा एक विभागीय टोली र ७ प्रादेशीक महिला टोलिहरु सहभागी हुंदैछन् ।

यसैगरि काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा जनवरी २०२१ बाट सुरु हुने पीएम कप पुरुष एक दिवसिय २०७७ मा तीन विभागीय टोली र ७ प्रादेशीक टोलिले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन ।

दुबै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved