विराट कोहली बने दशककै उत्कृष्ट क्रिकेट खेलाडी, अरु को को भए सम्मानित ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2020 | 10:28:26 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय क्रिकेटर विराट कोहली दशककै उत्कृष्ट खेलाडी बनेका छन्। अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी ले विराट कोहलीलाई आइसीसी मेल क्रिकेटर अफ दि डीकेट अर्थात दशककै उत्कृष्ट खेलाडी घोषणा गरेको हो। 

त्यस्तै विराट कोहलीलाई यस दशकको सर्वोत्कृष्ट पुरुष क्रिकेटरको लागि सर गैरीफिल्ड साबर्स अवार्ड को लागि समेत सिफारिस गरिएको छ। यसको साथै कोहलिलाई एकदिवसीय तर्फ पनि दशककै उत्कृष्ट क्रिकेट खेलाडी को अवार्डको लागि पनि चुनिएको छ। 

भारतलाई सन् २०११ को विश्वकप क्रिकेट कप दिलाउनको लागि विराट कोहलीले महत्त्वपूर्ण योगदान दिएका थिए। 

भारतीय टिमका पुर्व क्याप्टेन महेन्द्र सिंह धोनीलाई सर्वसम्मतिबाट दशककै उत्कृष्ट आइसीसी स्पिरिट अफ क्रिकेट को अवार्ड को लागि चयन गरिएको छ। 

त्यस्तै आइसीसीको गभर्निङ बडीले अष्ट्रेलियाका ब्याट्सम्यान स्टिव स्मिथलाई टेष्ट क्रिकेटको लागि दशककै उत्कृष्ट खेलाडी तथा अफगानिस्तानका स्टार खेलाडी रशिद खानलाई ट्वान्टी ट्वान्टी क्रिकेटर मा दशककै उत्कृष्ट खेलाडीको रुपमा सिफारिस गरिएको छ।   

त्यस्तै अष्ट्रेलियाकि एलिसे पेरि महिलाहरुको तर्फबाट दशककै । आइसीसी उत्कृष्ट क्रिकेटर बनेकी छन्। यसको साथै एक दिवसीय र ट्वान्टी ट्वान्टी क्रिकेटको लागि पनि दशक कै उत्कृष्ट महिला खेलाडीको रुपमा सम्मानित भएकी छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved