प्रधानमन्त्री कप क्रिकेटको डिशहोमले लाइभ गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 05:16:46 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगीताको डिशहोमले लाइभ गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडियाबीच भएको समझदारी अनुसार एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्ने भएका हुन् । 

काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा खेल हुने गरी शुक्रबारबाट सुरु भएको प्रतियोगीतामा तीन विभागीय टोली र ७ प्रादेशीक टोलि गरी १० टिमको सहभागीता छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी आर्मी, एपिएफ, कर्णाली, गण्डकी र प्रदेश १ छन् । समूह ‘बी’ मा पुलिस, लुम्बिनी, प्रदेश २, बागमती र सुदूरपश्चिम प्रदेश छन् । 

राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्ने छन् । पहिलो सेमिफाइनल माघ १४ र दोस्रो माघ १५ गते हुनेछ । फाइनल माघ १७ गते हुने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved