प्रधानमन्त्री कपमा आर्मीको लगातार तेस्रो जित

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jan 20, 2021 | 03:10:06 PM मा प्रकाशित

sarbottam cement

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगतार तेस्रो जित हात पारेको छ । समूह ‘ए’ को शीर्ष स्थानमा रहेको आर्मीले बुधबार भएको खेलमा प्रदेश १ लाई ४ विकेटले पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

मुलपानी मैदानमा भएको खेलमा प्रदेश १ ले दिएको १३२ रनको लक्ष्य आर्मीले २९.५ ओभरमा ६ विकेटको क्षतिमा भेट्टाएको हो । आर्मी जितमा राजेश पुलामी मगरले नटआउट २४ रन जोडे । भीम सार्की २९ रन जोडेर रनआउट भए । ओपनर अनिल मण्डल शून्यमा रनआउट हुँदा लोकेश बमले १३ रन जोडेर पारी सम्हालेका थिए । हरि चौहान ८ रन र कप्तान विनोद भण्डारी ५ रनमा आउट भए । ३६ रन बनाएका रोहित पौडेलले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गरे । 

टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ४०.१ ओभरमा अलआउट हुँदै  १३१ रन बनाएको थियो । प्रदेश १ का विवेक मेहेताले ५० रन बनाएका थिए । फिर्दोष अन्सारीले ३२ रन जोड्दा दीपक पासवानले १९ रन बनाए । 

बलिङतफै आर्मीका सहाब अलामले ४ विकेट र आकास चन्दले ३ विकेट लिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved