एउटै खेलमा साम्बाको १२ गोल, एपिएफ २२–० ले विजयी

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Feb 01, 2021 | 05:26:47 PM मा प्रकाशित

sarbottam cement

सशस्त्र प्रहरी बलको एपिएफ क्लबले महिला राष्ट्रिय लिगमा उदयपूरको चौदण्डीगढी नगरपालिकालाई २२–० गोल अन्तरले पराजित गरेको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले गोलको वर्षा गरेको हो । 

लगातार छैटौं खेलमा जित हात पारेको एपिएफका लागि सावित्रा भण्डारी (साम्बा) एक्लैले १२ गोल गरिन् । पहिलो हाफमा ५ गोल गरेकी उनले दोस्रो हाफमा ७ गोल थपिन् । खेलको ५, ३२, ३३, ३४, ३८, ४७, ५५, ६२, ६३, ७२, ७९ र दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा गोल गर्दै उनले एकै खेलमा १२ गोल गरेकी हुन् । 

साम्बाले यसअघिमा चार खेलमा तीन ह्याट्रिक गरेकी थिइन् ।

एपिएफका लागि अनु लामाले ५ गोल गरिन् भने अनिता बस्नेतले ह्याट्रिक गरिन् । सरु लिम्बु र रेनुका नगरकोटीले १÷१ गोल गरे।

लिगको शीर्ष स्थानमा रहेको एपिएफले लगातार ६ खेलमा जित निकाल्दै १८ अंक जोडेको छ । अंकबिहीन चौदण्डीगढी नगरपालिका अंक तालिकाको पुछारमा छ ।

जारी प्रतियोगितामा अहिलेसम्म ६ खेलमा ४३ गोल गरेको एपिएफले एक गोल पनि खाएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved