प्रधानमन्त्रीको प्रश्न, ‘कहिल्यै युद्ध नहारेको नेपालले क्रिकेटको डल्ला फ्याँक्दा किन हार्ने ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2021 | 04:30:35 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले कहिल्यै युद्ध नहारेको नेपालले खेलकुदमा हार्न नहुने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको ‘खेलकुदसँग प्रधानमन्त्री’ विषयक अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले कहिल्यै उपनिवेश नभएको कहिल्यै कुनै युद्ध नहारेको नेपालले खेलमा पनि हार्न नहुने बताएका हुन् ।

‘अंग्रेजको लडाइँ खुकुरीले जित्ने नेपालीले खेलमा किन हार्नु परेको छ र फुटबलमा भकुन्डो हान्ने र क्रिकेटमा बलमा हान्ने त हो’ प्रधानमन्त्रीले भने, ‘कहिल्यै उपनिवेश नबनेको, कहिल्यै नहारेको देश यत्रा यत्रा डल्ला फ्याँक्दा किन हार्ने ?’

खेलमा हुने जित र हारको ठूलो अर्थ हुने भन्दै उनले राजनीतिको जस्तै इगोको विषय बन्ने प्रधानमन्त्रीको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved