च्याम्पियन्स लिगः १६ वर्षपछि मेस्सी र रोनाल्डो बिना क्वाटरफाइनलका खेल हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2021 | 08:57:37 AM मा प्रकाशित

laxmi  sunrise bank

लिभरपुल आरबी लाइप्जिगलाई हराउँदै युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुडापेस्टमा भएको दोस्रो लेग २–० ले जितेको लिभरपुल समग्रमा ४–० ले अगाडि रहँदै क्वाटरफाइनल पुगेको हो । बुधबार लिभरपुलबाट मोहम्मद सलाह र साडियो मानेले चार मिनेट अन्तरमा दुई गोल गरे ।

जितपछि लिभरपुल युरोपेली च्याम्पियन्स लिगको उपाधी दाबेदारका रुपमा आफूलाई कायम राख्न सफल भएको छ । 

ब्राजिली २७ वर्षीय फाबिन्होले चोटग्रस्त भर्जिल भान डाइक र जोए गोमेजको उपस्थिति बिना नै सेन्ट्रल ब्याकको भूमिका निभाइरहेका छन् । आफू पूर्ण रुपमा फिट नभएर पनि उनल टिमका लागि डिफेन्समा मुख्य भूमिका निभाइरहेका छन् । 

पीएसजी–बार्सिलोना

स्पेनी महारथी बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिएको छ । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग स्तब्ध हुँदै बार्सा प्रतियोगीताबाटै बाहिरिएको हो । दोस्रो लेग १–१ को बराबरीमा टुंगिएपछि बार्सिलोनाको यात्रा टुंगिएको हो । 

पेरिसमा भएको खेलमा पीएसजीले केलियन एमबाप्पेको गोलमा अग्रता लिएपछि बार्सिलोनाको तर्फबाट लियोनल मेसीले एक गोल फर्काएका थिए । मेसी पेनाल्टीमा अर्को गोल गर्न चुके । उनको पेनाल्टी छ पटकका गोल्डेन बल विजेता गोलकिपर केलर नाभासले रोकेका थिए । यो नतिजापछि पीएसजी समग्रमा ५–२ ले अगाडि रह्यो । बार्सिलोना पहिलो लेगमा आफ्नै भूमिमा ४–१ ले पराजित रहनु नै टिमका लागि घातक बन्यो । 

सन् २००५ पछि पहिलो पटक च्याम्पियन्स लिग क्वाटरफाइनलमा मेसी र क्रिस्टियानो रोनाल्डो हुने छैनन् । रोनाल्डोको टिम युभेन्ट्स पनि मंगलबार प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved