
आइएमई ग्रुपले तेस्रो आइएमई जेटीआई ग्राण्ड जुनियर ओपन टेनिस प्रतियोगिता–२०२१ आयोजना गर्ने भएको छ । काठमाडौंस्थित मण्डीखाटार टेनिस क्लबमा चैत १७ देखि २२ गतेसम्म आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा यू८–यू१६ उमेर समुहका खेलाडीहरूले भाग लिन सक्नेछन् ।
प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरूका लागि दशरथ रङ्गशाला टेनिस कम्प्लेक्स त्रिपुरेश्वर, नेपाल टेनिस संघ सातदोबाटो, कास्की जिल्ला टेनिस संघ पोखरा, रूपन्देही लन टेनिस संघ बुटवल, मण्डीखाटार टेनिस क्लब काठमाडौं र नाउलिङ्ग सपोर्टस भिल्ला काठमाडौंबाट आवेदन फारम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।