
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडलाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । गए राति भएको खेलमा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र सेर्जिनो डेस्टले समान २÷२ तथा एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले १÷१ गोल गरे ।
सोसिडाडका एण्डरले एक गोल फर्काए ।
गए रातिको खेलसँगै मेस्सीले बार्सिलोनाका लागि सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान पनि कायम गरेका छन् । उनले बार्सिलोनाबाट ७६८ खेल खेलेका छन् ।
यो खेलमा जित हात पारेसँगै २८ खेलबाट ६२ अंक जोडेको बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । सोसिडाड ४५ अंकसहित पाँचौं स्थानमा छ ।