
ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीको अध्यक्षमा मुखाय गुरुङ चयन भएका छन् । क्लबको साधारणसभाले गुरुङको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा सुशील गुरुङ र उपाध्यक्षहरुमा विजय घले, छिरिङ टासी घले, राजु गुरुङ, कमल गुरुङ र सोनाम गुरुङ चयन भएका छन् । महासचिवमा तेन्जिङ गुरुङ, सचिवमा कर्मा टासी गुरुङ र कोषाध्यक्षमा कर्मा गुरुङ चुनिएका छन् ।
सदस्यहरूमा रामबहादुर गुरुङ, मुखिया गुरुङ, कर्मा गुरुङ र सोनाम घले चयन भएका छन् ।