
एक दिवसीय क्रिकेटमा भारतका बिराट कोहलीको नाममा रहेको एक नम्बरको ताज पाकिस्तानका बबर आजमले पाएका छन्। एक दिवसीय क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यानको श्रय बिराट कोहलीबाट खोसिएर पाकिस्तानका राष्ट्रिय क्रिकेट टोलिका कप्तान समेत रहेका बबर आजमको पोल्टामा गएको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी ले जनाएको छ।
यससँगै एक दिवसीय क्रिकेटमा उत्कृष्ट ब्याट्सम्यानको श्रेय पाउनेमा बबर आजम पाकिस्तानका चौथो खेलाडी बन्न पुगेका छन्। यसअगाडी पाकिस्तानका फखर जमान, शाहिन अफ्रिदी र मोहम्मद नवाजले यो श्रेय पाईसकेका छन्।
आइसीसी मेन क्रिकेट वर्ल्ड कप सुपर लिग अन्तर्गतको दक्षिण अफ्रिकासंगको हालै सम्पन्न खेलमा बबर आजमले ८२ बलमा ९४ रन जोडेका थिए। यस नतिजाबाट ८६५ अंक सहित बबर आजम एक दिवसीय क्रिकेटमा उत्कृष्ट १३ औं खेलाडीको सुचिमा उक्लिएका थिए।
अहिले ८ अंक जोड्दै बबर आजमले भारतका बिराट कोहलीको नाममा रहेको उत्कृष्ट खेलाडीको ताज खोस्न सफल भएका हुन्। दक्षिण अफ्रिका बिरुद्दको खेलबाट नै एक दिवसीय क्रिकेटमा सन् २०१५ देखि आफ्नो करियर सुरु गरेका बबर आजम अहिले उत्कृष्ट ब्याट्सम्यान बन्न सफल भएका हुन्।
एक दिवसीय क्रिकेट खेल्न सुरु गरेको झन्डै ६ बर्षको अवधिमा आएर बबर आजमले बिराट कोहलीको नाममा पछिल्लो १ हजार २८२ दिन देखि कायम रेकर्ड तोड्न सफल भएका हुन्।