
युरोपेली च्याम्पियन्स लिगअन्तर्गत आज राति क्वाटरफाइनलको दोस्रो लेगमा रियल मड्रिड र लिभरपुलबीच खेल हुँदैछ । राति पौने १ बजे सुरु हुने खेलमा स्पेनिस क्लब रियलले लिभरपुलको घरेलु मैदानमा लिभरपुल विरुद्द खेल्नेछ ।
पहिलो लेग ३–१ ले जितेको रियल आजको खेलमा पनि जित निकाल्दै सेमिफाइनलमा पुग्ने दाउमा छ । तर, घरेलु मैदानमा रियललाई स्तब्ध पार्दै अन्तिम ४ मा स्थान पक्का गर्ने लक्ष्यका साथ लिभरपुल पनि मैदान उत्रने । अघिल्लो सिजन प्रिमियर लिग जितेको लिभरपुल यो सिजन भने खासै बलियो देखिएको छैन ।
क्वाटरफाइनल विजेताले सेमिफाइनलमा चेल्सीसँग भिड्नेछ ।
आज राति नै हुने अर्को खेलमा म्यानचेस्टर सिटीले बोरुसिया डर्टमण्डुसँग खेल्दैछ । पहिलो लेगमा डर्टमुण्डविरुद्ध २–१ को जित निकालेको सिटी आज पनि पूरानै लय दोहोर्याने लक्ष्यमा छ ।