
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै कुशलले अर्धशतक बनाएका हुन् ।
शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १३६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर कुशलले अर्धशतक पूरा गरेका हुन् ।
३० बल खेलेका कुशलले पाँच चौका र चार छक्काको सहयोगमा ५० रन बनाएका हुन् । डेब्यू ओपनर आशिफ शेखले २४ रन बनाएर कुशललाई साथ दिइरहेका छन्।
यो समाचार तयार पार्दासम्म नेपालले ८ ओभरमा कुनै विकेटको क्षति बिना ८२ रन बनाएको छ ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको थियो । नेपालले १३७ रनको लक्ष्य पछ्याइरहेको छ।