
नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा मलेसियालाई हराएको छ । आज भएको खेलमा मलेसियालाई १५ रनले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित दर्ता गरेको हो ।
नेदरल्यान्ड्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन मात्र बनाएको छ । टस जितेर पहिले ब्यटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा मात्र २ विकेटको क्षतिमा १९१ रन बनाएको थियो ।
प्रतियोगिताको तेस्रो खेलमा भोलि नेपाल र मलेसियाबीच खेल हुँदैछ । नेपालले नेदरल्यान्ड्ससँग अर्को खेल पर्सी मंगलबार खेल्नेछ । नेपालले आफ्नो अन्तिम लिग खेल वैशाख ९ गते मलेसियासँग खेल्नेछ ।